धवलागिरी गाउँपालिका ७ धारापानीका एक अशक्तलाई ह्विलचियर खरिदका लागि लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार आर्थिक सहयोग गरेको छ ।

अशक्त अवस्थामा रहनुभएका धारापानीका देविप्रसाद उपाध्यायलाई ह्विल चियर खरिदका लागि क्लवले आठ हजार रुपैयाँ उपलब्ध गराएको हो । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, महासचिव भोजबहादुर रिजाल र सदस्य नन्दु पुनले धारापानीका अगुवा तेजिन्द्रबहादुर थापा मार्फत रकम उपलब्ध गराउनुभएको जनाइएको छ ।

Leave a Reply