गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगरले हाम्रो समाजले महिलाहरुलाई दोस्रो दर्जामा हेरेकोले यो सृष्टीको नभई हेर्ने दृष्टीकोणको कमजोरी रहेको बताउनु भएको छ ।

महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्मको सामुदायिक भवनको उदघाटन गर्दै नगर उप प्रमुख काउचाले यस्तो बताउनु भएको हो । पछिल्लो समयमा महिला दिदीबहिनीहरुको सामाजिक क्षेत्रमा विकास भईरहेको र अब सिप सॅग जोडिदै आर्थिक समृद्विमा लाग्नुपर्ने नगर उप्रमुख काउचाको सुझाव थियो ।

गलकोट नगरपालिका नगरबासी महिलाहरुका समस्या समाधान गर्न सदैव तयार रहेको समेत बताउनु भएको छ । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, महिला सदस्य लक्ष्मी सार्की, नेपाली काॅग्रेसका वडा सभापति चिरञ्जीवी, राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र समाजसेवी राज कुमार दर्जीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा महिला जागरण केन्द्रका गतिविधीलाई पत्रकारिता मार्फत विशिष्ट योगदान पुराएको भन्दै पत्रकार थम्मन थापा सन्देश लगायत एकल महिला हरिकला गौतम, श्यामकली दर्जी, ज्येष्ठ महिला पुर्णकली केसी, चित्र कुमारी दर्जी, जग्गादाता तेज थापा र कालीका थापा, पूर्व गाविस सचिव बुद्व बहादुर बस्नेत लगायतलाई सम्मान गरिएको थियो ।

भवन निर्माण भएपछि गलकोट नगरपालिका वडा नं ७ मल्ममा विभिन्न तालिम, गोष्ठी, सभा, बैठक लगायतका विभिन्न कार्,क्रम गर्न सहजता भएको छ केन्द्रले जनाएको छ । सिर्जनशिल महिला जागरण समूहको सकृयता र तत्कालिन मल्म गाविसको अनुदान, स्थानियबासीको आर्थिक सहयोगमा तल्लो सिरबारेमा उक्त सामुदायिक भवन निर्माण भएको थियो ।

सामुदायिक भवन उदघान समारोहमा संस्थाका कोषाध्यक्ष मीरा खडकाले नगद रु ६ लाख ५३ हजार ५ सय १६ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्म र सिर्जनशिल महिला जागरण समुह आॅगाखेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम केन्द्रका अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुमकुमारी थापाको स्वागत मन्तव्य र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply