नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मंगला गाउँपालिका अध्यक्षमा प्रेमप्रसाद रेग्मी चयन भएका छन् । शनिबार बावियाचौरमा आयोजित भेलाबाट सचिवमा याम बहादुर रोका सहित ५१ सदस्यीय कमिटी चयन गरिएको छ । पार्टीको एकतापछिको लामो समय पश्चात स्थानीय तहमा पूर्व एमाले र माओवादीले भागबण्डा अनुसार म्याग्दीमा स्थानीय तहमा कमिटी चयनलाई तिब्रता दिइएको छ ।

कमिटीका अध्यक्ष रेग्मी साविकको कुहुँ गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन् । भेलामा नेकपामा प्रदेश कमिटी सदस्य टेकबहादुर विक र जिल्ला संयन्त्रका सदस्य देव बहादुर घलेको उपस्थिती रहेको थियो ।

यसैबीच भेलाले वडा नं १ अध्यक्षमा एकजित रोका, सचिव पृतिलाल विक, वडा नं २ अध्यक्षमा कुलप्रसाद पुन, सचिव चक्रलाल पाण्डे, वडा नं ३ मोहनलाल सापकोटा, सचिव कर्ण गिरी, वडा नं ४ कलाधर कँडेल, सचिव उमेश विक र वडा नं ५ मा चिरञ्जीवि शर्मा र सचिव मनप्रसाद कँडेल रहेको गाउँपालिका उपाध्यक्ष सृजना केसीले बेनीअनलाइनलाई बताईन् । भेलामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगाएतको उपस्थिती रहेको थियो । भेलामा पार्टीको स्थानीय तह हुदै वडास्तरसम्म कमिटी चयनले पार्टीका कार्यकर्तामा उर्जा थपिएको बताएका थिए ।

Leave a Reply