म्याग्दीको सदरमुकाम बेनीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा स्टलमा राखिएको बहुउपयोगी जमराको जुस देखाउँदै । महोत्सवको अवसरमा जमराका जुसको महत्वका बारेमा समेत जानकारी दिइने बताएको छ । बेनीमा नियमित योग शिविरमा जानेले प्रयोग गर्ने गरेको जमरा अहिले विक्री समेत हुने गरेको छ । हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायस्जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ। मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।

Leave a Reply