नेत्रबिक्रम चन्द्र (विप्लप) नेतृत्वको नेकपा निकट शिक्षक संगठनको कार्यवाहक जिल्ला अध्यक्ष थमबहादुर पुनले पदबाट राजिनामा दिनुभएको छ । मालिका गाउँपालिका ३ डाँडागाउँका पुनले आइतबार एक प्रेस विज्ञप्ती जारी गरेर विप्लप समूह निकटको अखिल नेपाल शिक्षक संगठनको कार्यवाहक अध्यक्ष लगायत सो पार्टी र संगठनको कुनै पनि संगठन र सदस्यता त्यागेको घोषणा गर्नुभएको हो ।

उहाँले नेपालको संविधानलाई पूर्ण रुपमा पालना गर्दै समान्य नागरिक भई आफ्नो पेशा व्यवसायमा रहने बताउनुभएको छ । डाँडागाउँको अमरज्योती माविका शिक्षक रहनुभएका पुनलाई गत चैत १० गते पक्राउ गरेर हिरासतमा राखेको छ।

एनसेलको टावर आगजनीमा संलग्न भएको आरोपमा सोधपुछका लागि पुन सहित नेकपाको जिल्ला जनसरकार संयोजक जगत पुन र युवा संगठनका जिल्ला सदस्य रमेश पुनलाई नियन्त्रणमा लिएको थियो । पुनले प्रहरी हिरासतमै विज्ञप्ती निकालेर राजिनामा दिनुभएको हो ।सरकारले विप्लप समूहको गतिबिधिलाई प्रतिबन्ध लगाएपछि पुन सहित म्याग्दीमा तीन जनाले सो समूहबाट राजिनामा दिएका छन् । यसअघी बेनपा ४ तातोपानीका जिल्ला सदस्य प्रेम श्रीस र शिक्षक संगठनका जिल्ला सदस्य सन्तोष गिरीले पनि विज्ञप्ति निकालेर राजिनामा दिएको घोषणा गर्नुभएको थियो ।

Leave a Reply