नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीको आन्तरिक एकता बलियो बनाउन गुटबन्दीमा सक्रिय नेतालाई सचेत बनाउनुपर्ने बताएका छन् । ब्यक्तिगत र समुहको स्वार्थमा केन्द्रित नेताहरूको गुटबन्दीलाई अन्त्य गदैं कार्यकर्ताको भावना अनुसार पार्टी सञ्चालन गर्न सकेमा कम्युनिष्ट सरकारको सत्ताको दमनलाई तोड्न सकिने बताए ।

‘पार्टीभन्दा ठूलो गुट देख्नेहरूबाटै ठूलो क्षती भएको छ,‘अब गुटबन्दीमा लाग्नेलाई दवाव कार्यकर्ताबाटै दिनुपर्छ’ आचार्यले भने। नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् कार्यक्रमलाई सम्बोधन गदैं पुर्व अर्थमन्त्री समेत रहेका आचार्यले पार्टीका कमीकमजोरीलाई सच्चाउँदै जनताको घरदैलोमै पुगेर काम गर्नुपर्ने बताए ।उनले पार्टीको संरचना अनुसार रुपान्तरण गर्न नसक्नु कम्युनिष्ट सरकारलाई फाईदा पुगेको बताए । उनले मुलुकको समृद्धका लागि विदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले पार्टीको आन्तरिक विवादलाई ब्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको दोहोराउँदै नेपाली कांग्रेसलाई विश्वास गर्ने विदेशी लगानीकर्ताले वर्तमान अवस्थामा लगानीमा विश्वस्त नभएको बताए । नेपाली कांग्रेस म्याग्दीका निर्वतमान सभापति एवम् पूर्व सांसद रेशम बहादुर बानियाँले केहीदिन अगाडी पार्टीको केन्द्रिय अभियानमा देशका विभिन्न जिल्लामा पुग्दा कार्यकर्ताको उत्साह देखेको बताए । उनले कार्यकर्तालाई उर्जा दिलाउन पार्टीले केन्द्रबाटै अभियानको सुरुवात गर्नुपर्ने बताए ।

सोही अवसरमा उपसभापति माधवप्रसाद रेग्मीले जिल्लाभित्र पार्टीका गतिविधिका बारेमा जानकारी गराउँदै गाउँ अभियानको तयारी भइरहेको बताए । भेटघाटको क्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रिय नेताले जिल्लाका कार्यकर्तालाई चासो नदिने गरेको बताए । भेटघाट कार्यक्रमको प्रबक्ता अजय मिलन श्रेष्ठको स्वागत र सचिव मिन बहादुर कार्कीले सञ्चालन गरेका थिए ।

Leave a Reply