नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल निर्विरोध चयन भएका छन् । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुन्। म्याग्दीका पुराना कम्युनिष्ट नेताको रुपमा चिनिने सुबेदी माओवादीको जनयूद्धमा शिक्षण पेशा छोडेर भूमिगत भएका थिए भने छन्त्याल एमालेका धवलागिरी नेता हुन् ।

ताकममा सम्पन्न नेकपाको गाउँपालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेकोे स्थानीय पत्रकार गोपाल आचार्यले बेनीअनलाइनलाइ्र्र जानकारी दिए । भेलाले गाउँपालिका भित्र रहेका सातै वडाको कमिटी चयन गरेको छ । वडा नं १ गुर्जामा सिता छन्त्याल अध्यक्ष, हेमप्रसाद छन्त्याल सचिव, वडा नं २ लुलाङ अध्यक्षमा मतिप्रसाद पाइजा, सचिवमा बलबहादुर बिक, वडा नं ३ मुनाको अध्यक्षमा रेशम पुन र सचिवमा पुर्म पुन, वडा नं ४ मुदीको अध्यक्षमा केशरमान पुन र सचिवमा चन्द्र हमाल चयन भएका छन् ।

त्यस्तै भेलाबाट वडा नं ५ मल्कवाङको अध्यक्षमा खिरबहादुर छन्त्याल र सचिवमा धनप्रसाद छन्त्याल रहेका छन् । यसैगरी नेकपाको वडा कमिटी चयन अन्तरगत नै वडा नं ६ मराङको अध्यक्षमा ज्ञानबहादुर गर्बुजा र सचिवमा प्रेमबहादुर लाम्गादे र वडा नं ७ ताकमको अध्यक्षमा प्रगती कार्की र सचिवमा रामबहादुर केसी भएका छन् । भेलामा स्थानीय जनप्रतिनिधि सहित वडा नेकपाबाट निर्वाचित वडा अध्यक्ष सहित गाउँपालिकास्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply