??????????????????

हामिले थाहा छ नेपालको राष्ट्रिय फूल लाली गुराँस हो । लाली गुराँसलाइ भारतको उत्तराखण्ड राज्यमा पनि राष्ट्रिय फूलको रूपमा मानिन्छ । लाली गुराँस बिशेषगरी माघ, फागुन तिर फूल्ने गर्छ । कतै कतै भने यो फूल पौष महिनामा पजि फुलेको देखिन्छ । रातो रंगमा फुल्ने यो फुलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ । यसको पात लगभग ५ देखि १० सेमी।सम्म लामो हुन्छ ।

यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन् । राष्ट्रिय फूल लाली गुराँस हेर्न मात्र राम्रो होइनकी यसको उपयोग पनि धेरै छ । खासमा यस फूललाई जुस बनाउने पनि गरिन्छ ।

यो पतझड अर्थात् डिसिडिअस वर्गमा पर्दछ । धेरजसो भीरालो ठाउँमा उम्रने यस फुल उच्च पहाडी भेकमा पाइन्छ । यस फुलको दुवै प्रजातिहरू औषधि मानिन्छन् । लाली गुराँसले घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ ।त्यस्तै गुराँसको सर्वत पनि बनाइन्छ । यसको पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।हृदय रोगलगायत केही गम्भीर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।त्यतिमात्र होइन यस फुलको जुस सेवन गर्दा । हृदय रोगलगायत केही गम्भीर रोगमा पनि लाभदायक हुन्छ ।त्यस्तै यस फुलबाट जुस बनाएर सेवन गर्दाहड्डीको दुखाई ठीक गर्छ भने रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

Leave a Reply