नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रघुगंगा गाउँपालिका अध्यक्षमा दिपक कार्की विर्खची निर्विरोध चयन भएका छन् । पार्टीको एकतापछिको लामो समय पश्चात स्थानीय तहमा चयन गर्ने क्रममा सोमबार आयोजित भेलाबाट सचिवमा हरि भण्डारी चयन भएका हुन् । कार्की पूर्व एमालेका सचिवालय सदस्य र भण्डारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

भेलाबाट वडा नं १ बेगखोलाका अध्यक्षमा नरसिंह पुन, सचिव बालकुमार गर्बुजा, वडा नं २ भगवतीमा अध्यक्ष झलक शर्मा र सचिव नरबहादुर भण्डारी, वडा नं ३ पिप्लेमा मोहन कार्की अध्यक्ष, सचिव ताराबहादुर शाही, वडा नं ४ दग्नाममा अध्यक्ष सुविन शेरपुञ्जा, सचिव द बहादुर गर्बुजा, वडा नं ५ झिँ मा अध्यक्ष पदम शेरपुञ्जा, सचिव कृष्ण थजाली रहेका छन् ।

त्यसैगरी वडा नं ६ पाखापानीको अध्यक्षमा खर बिर पाईज, सचिव हिमाल गोतामे, वडा नं ७ चिमखोलामा अध्यक्ष धुब्र पाईजा, सचिव बेगबहादुर घर्तिमिरे र वडा नं ८ कुईनेमंगलेमा अध्यक्ष चन्द्रमान छन्त्याल र सचिव चित्र बहादुर विक रहेको गाउँपालिका कमिटीका सचिव हरि भण्डारीले बेनीअनलाइनलाई बताए । भेलाको अध्यक्षता ग्रहण गदैं गण्डकी प्रदेशका सांसद विनोद केसीले गाउँपालिका भित्रका हरेक गतिविधिमा पार्टीलाई प्रभावकारी बनाउन गाउँपालिका कमिटीसंगै वडास्तरका प्रतिनिधि सक्रिय हुनुपर्ने बताए । भेलामा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, नेकपाका नेता बालकृष्ण सुबेदी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत तथा सञ्चालन हरि भण्डारीले गरेका थिए ।

Leave a Reply