सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ। सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कर्जा कार्यान्वयनको सुरुवात गरेका हुन।शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँ सम्मको हुनेछ।शैक्षिक कर्जा सुविधा बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालय लगायत पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट उपलब्ध गराइने छ।

Leave a Reply