कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर गम्भीर अवस्थामा उद्धार गरिएक एक युवालाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा लगिएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ सुकेबगरमा पौडी खेल्दा एक्कासी दहमा डुवेका घार घर भई ग १ त ४५८८ नं ट्याक्टरको चालक समेत रहेका सबिन बुढाथोकीलाई साथीहरुले उद्धार गरेर भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि बेनी अस्पतालमा सामान्य उपचार गरी पोखरा लिएको छ ।

अस्पतालमा उपचार सम्भव नभएपछि घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत बुढाथोकीलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पु¥याएको बताए । ‘तत्कालै हेलिकप्टर मगाएर उपचारका लागि पठाएको छु,‘ बुढाथोकीको अवस्था गम्भीर छ’ बरुवालले भने । बरुवाल बेनीसम्म ल्याउँदा बोल्न र हिडन नसक्ने भएकाले पनि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अध्यक्ष बरुवालले बताए ।

Leave a Reply