म्याग्दी बहुमुखी क्याम्पसमा जीवन शैली र स्वस्थ बानी ब्यवहार परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । स्वस्थ जीवनका लागि खानपिन, बानी ब्यवहार, जीवनशैली लगाएत दैनिक जीवनमा नियमित गरिने क्रियाकलापमा ध्यान दिनुपर्ने जोड दिइएको छ । स्वस्थ जीवन भएमा आनिबानीमा समेत परिवर्तन आउने भएकाले विद्यार्थीले जीवनलाई सुन्दर बनाउन सकेमा शिक्षा सहित अन्य रचनात्मक कार्यहरूमा समेत सहज हुने कार्यक्रमका बक्ताले बताएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले शारीरिक एवम् मानसिक रुपमा स्वस्थ भएकाले आफ्नो लक्ष्य प्राप्ती सहजै गर्न सक्ने बताए ।त्यस्तै अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाल, बेनी अस्पतालका प्रमुख डा. मनोज घिमिरे, दन्त विशेषज्ञ डा. रिवान कार्की, स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले स्वस्थ हुन खानपान, निद्रा, सोचविचारका साथै ब्यक्तिगत गतिविधिको भूमिका हुने बताएका थिए ।

विद्यार्थी जीवनमै आफ्नो सोच एवम् जीवनशैलीमा परिवर्तन ल्याउन सकेमा भविस्यमा त्यसलाई निरन्तरता दिन सहज हुने भएकाले पनि क्याम्पसमा सचेतना सहितका अभियानलाई निरन्तरता दिइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताए । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्तीको अन्तिम चरणमा रहेको क्याम्पसमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताए ।

Leave a Reply