एजेन्सी । मान्छेको मुखमा स्थायी दाँतहरू उम्रिने क्रम पाँच, छ बर्षको उमेर देखी सुरु हुन्छ । सबै भन्दा ढिलो र सबैभन्दा पछाडि पट्टिको चारै कुनामा आउने दाँतलाई बुद्दी बङ्गरा भनिन्छ । सबै बुद्दी बङ्गरा आइसके पछि दाँतको संख्या ३२ पुग्छ । ३२ लक्षणले युक्त मध्ये एक लक्षण ३२ वटा दाँत हुनु पनि हो, बुद्धि बङ्गरा उखेलियो भने एक लक्षण त घट्ने नै भयो, यसैले पनि बुद्धि बङ्गरा उखेल्नु हुन्न भन्ने मान्यता समाजमा रहेको हुन सक्छ ।

बुद्धी बङ्गरा लगभग १७ देखी २१ वर्ष उमेर बीचमा आउने गर्छ तर कसैकसैमा यो अझ ढिलो पनि हुने गर्छ । अंग्रेजीमा ‘विजडम टुथ’ भनिने बुद्धि बङ्गरा निकाल्यो भने वुद्धि पनि हराउने हो कि ? भन्ने अन्धविश्वास पनि हाम्रो समाजमा रहेको छ, बुद्धि र बुद्धि बङ्गरा वीच गोरु वेचेको साइनो समेत छैन भन्ने विज्ञानले पुष्टि गरिसकेको तथ्य हो ।

बुद्धि बङ्गरा चार कुनामा चार वटा आउँछन् तर सबैमा सबै आउन पनि सक्छ, नआउन पनि सक्छ । यसको कुनै निश्चित आकार र वनावट हुँदैन । डल्लो देखी जरा घुम्रिएको हुँदै यसको अवस्था कहिले तेर्सिएको, कहिले छ्ड्के परेको अनि कहिले छेउको दाँतमा अढेश लागेर बसेको भेटिन्छ ।

सबैभन्दा ढिलो अनि पछाडीको कुनामा आउने हुनाले कतिपय अवस्थामा चेपुवामा परेर साह्ै दुःख दिदै बाहिर निस्कन खोज्दा अत्यधिक पिडा हुन्छ , कहिलेकाहिँ त्यो क्षेत्र राम्ररी सफा नहुँदा संक्रमण भै दुख्ने हुन्छ, कहिलेकहि छेउको दाँतलाई घचेडेर पनि दुःख दिन सक्छ ।

२८ वटा दातले सम्पूर्ण चपाउने काम गर्न सक्ने र आफ्नै समयमा आफ्नै पाराले उम्रेको, मुखको सबैभन्दा सूदुरमा रहेकोले सफा गर्दा टुथ व्रसले समेत भेट्न मुस्किल पर्ने बुद्धि बङ्गराको चपाउने काममा तथा सुन्दरतामा कुनै भूमिका पनि रहदैन । जीवनको कुनै पनि समय दुःख दिन सक्ने भएकोले बुद्धि बङ्गरालाई निकालेर फ्याक्न सकिन्छ जस्ले गर्दा भविष्यमा दुःख नदेओस् ।

कतिपयले दुःख दिनु अगाडी नै निकाल्नु हुन्छ भने कतिले दुःख दिए पछि मात्र निकाल्ने गर्नुहुन्छ । दाँत निकाल्दा सामान्य चिरफार पनि गर्नु पर्ने, रगत बग्ने, घाउ बन्ने र कहिलेकहिं निको हुन केहि समय लाग्ने र सामान्य जटिलता (केही महिनामा ठीक हुने) हुन्छ । यी बाहेक अन्य केही हुँदैन । तसर्थ, समस्या गर्न सक्ने सम्भावना भएका बुद्धि बङ्गराहरूलाई निकाल्दा फाईदै हुन्छ र भविस्यमा अपर्झट समस्या आउँदैन ।

बुद्धि बङ्गरा धेरै जसो अवस्थामा दुःख दिने दाँत नै हो, यसको फाइदा भन्दा बेफाईदा बढी देखिने भएकोले पनि उखालेर फाले कै जाती मानिन्छ । मुखभरी टम्म मिलेका दाँतहरु वीच बुद्धि बङ्गरा एक बेवकुफ दातको रुपमा लिइन्छ । (एजेन्सीेको सहयोगमा 

Leave a Reply