सरकारले गरीब नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्ने घोषणा गरेको छ । स्वास्थ्य सेवामा पहुँच पु¥याउन गरीब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने सरकारले घोषणा गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने योजना अनुसार बीमा कार्यक्रमको तयारी गरेको हो ।

स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको मन्त्री खतिवडाको भनाइ थियो ।७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अव गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।

Leave a Reply