बेनी नगरपालिका–६ बास्बोटका दुर्गाप्रसाद पौडेलले नियमित मोटरसाईकलमा पानी बोक्छन । दुग्ध ब्यवसायी पौडेलले दैनिक दुईपटक बेनीबजारमा दुध पु¥याएर फर्किने बेलामा मिल्क क्यान (दुध बोक्ने भाडा) मा पानी लिएर घर पुग्छन् । खानेपानी र पशुचौपायालाई मोटरसाईकल र डोकोमै बोकेर पानी पु¥याउने गरेका छन् ।

पौडेलजस्तै अर्को बस्ती एकपाटेकी मनरूपा पौडेलले विहान भीड हुने भएकाले रातको समयममा पानी ल्याउने गरेकी छन्। सदरमुकाम बेनीबाट करिव एकघण्टाको दुरीमा रहेका बस्तीमा पानीको मुल नहुदाँ बेनपा–६ एकपाते, बास्बोट, पिपलबोट, खेताघर आसपासका बस्तीका करिव ४० घरधुरीले खानेपानीको समस्या झेल्दै आएका छन् । ‘गाउँको प्रमुख समस्या नै खानेपानी हो,‘पानीको मुल नहुदाँ २४ घण्टै स्थानीयले पानीको खोजी गर्नुपर्छ’ कृषक पौडेलले भने ।उनले हिउँदको समयमा सानो मुल सुकेपछि सानो धारामा सिंगो बस्तीका बासिन्दाले घण्टौ लाईनमा बसेर पानी ल्याउनुपरेको बताए ।

गाउँ आसपासमा रहेका पानीका मुहान समेत सडक विस्तार तथा जलवायू परिवर्तनका कारण सुक्न थालेपछि आधा घण्टा टाढासम्म ग्रागी,जर्किन, बोत्तल लिएर जानुपर्ने समस्या समाधानका लागी पटक–पटक नगरपालिका सहित खानेपानी सम्बन्धि कार्यालयमा जानकारी गराएपनि सुनुवाई नभएको स्थानीग अगुवा भोयनाथ पौडेलले बताए।‘बाह्ैमहिना अनिकाल लाग्छ,‘पानीको मुहानको खोजीमा स्थानीयले धेरै बर्ष खर्चिए’ पौडेलले भने ।

गाउँ आसपासमा रहेका पानीका मुहान आसपासमा प्रयास गरेपनि पुनः स्रोत नभेटिएपछि छिमेकी पुलाचौरको चिप्लेटी आसपासमा रहेको खेतलाई खरिद गर्ने योजना बनाएको बताए ।पानीको अभावमा स्थानीयसंगै पशुपंक्षी ब्यवसायमा संलग्न कृषक समेत मारमा परेका छन्।गाईभैसी र कुखुरापालनमा पानीको अभावले विस्थापित हुने अवस्थामा पुगेको कृषक विनोद बानियाँले बताए ।‘पशुचौपायालाई घाँसभन्दा पानीको समस्या छ,‘सिचाँईको अभावले महंगोमा घाँस खरिद गर्नुपर्छ’ बानियाँले भने । पशुपालनमा नमुना बन्दै गएको वडाबाट सदरमुकाम बेनीमा दैनिक ३ सय लिटरको हाराहारीमा दुध विक्री गर्ने गरिएको छ ।

स्थानीयले बेनपा–५ चिप्लेटीको खेतमा भेटिएको खानेपानीको नयाँ मुहानलाई खरिद गर्ने योजना बनाएर पनि बजेटको अभाव भएको स्थानीयको भनाई छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भोट माग्न गएका उम्मेदवारको प्रमुख नारा नै गाउँमा पानी ल्याउने भएपनि चुनाबपछि वडाका जनप्रतिनिधि बाहेक नगर, प्रदेश र संघीय सांसदका प्रतिनिधिहरू फर्किएर नगएको गुनासो स्थानीयको छ ।

यता वडा अध्यक्ष कृष्णबहादुर बानियाँले स्थानीयको समस्या समाधानको पहलमा निरन्तर सक्रिय रहेको बताए । उनले गाउँभित्रको मुहानलाई संरक्षणसंगै नयाँ मुहान भएको खेत नै खरिद गर्न नगरपालिका र प्रदेश सरकारसँग पहल गरेको बताए ।‘आधारभुत आवश्यकबाट बञ्चित हुन दिन्नौ,‘दिर्घकालिन स्रोतको खोजीमा छौ’ बानियाँले भने । जिल्लाको एकमात्रै नगरपालिकाका दुर्गम बस्तीमा जनाले सेवा सुविधा र विभिन्न विकास निर्माणका योजनामा पहुँच हुने आशाले तोकिएको कर तिर्ने गरेपनि दुर्गम बस्तीका जनतालाई दैनिक आव्श्यक पर्ने खानेपानीको समेत सहच पहुँच नभएको भन्दै आधारभुत आवश्यका पुरा गर्न राजश्वलाई प्रयोग गर्न समेत स्थानीयको माग छ ।

Leave a Reply