उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखको ठुले पाखा भुमेमा सत्तल निर्माण गरिएको छ । स्थानीय यूवा सुरेन गुरूङको पहलमा गाउँपालिका अध्यक्ष क्या डम बहादुर पुनले २ लाख बजेट विनियोजनसंँगै चन्दाताबाट संकलन गरिएको आर्थिकले सत्तल निर्माण गरिएको हो ।  भुमे पूजामा पुग्ने भक्तजनलाई सहज हुने गरी निर्माण गरिएको सत्तलमा भिम शेरचन, टकदेवी शेरचन पुन र छोरा योगेश शेरचनले ९२ हजार टिन सहयोग गरेको संयोजनकर्ता गुरूङले बताए।

त्यस्तै बिरखम पूर्जाले १० हजार, यू कान्छी बराही यूवा क्लव ६५ हजार सहयोग गरेपछि निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष अृत पाईजाले बताए । उनका अनुसार सहयोग तथा गाउँपालिका अध्यक्षले समेत बजेट विनियोजनमा प्राथमिकता दिएपछि सहज भएको बताए । समितिका सचिव प्रविन तिलिजा र कोषाध्यक्ष दुर्गा पूजा लगाएतले सत्तल सहितको निर्माणमा सक्रिय थिए ।

Leave a Reply