भारतमा उपचारर्थ बेनीकी शिक्षा केसीको निधन, आजै अन्तिम संस्कार गरिने

भारतको सर गंगाराम अस्पतालमा उपचारर्थ बेनीकी शिक्षा केसीको निधन भएको छ । बेनी नगरपालिका वडा नं ८ शिक्षामार्गकी केसीको दिल्लीस्थित अस्पतालमा करिव ६२ दिन उपचारको क्रममा मृत्यु भएको हो । समाजसेवी चन्द्र कुमार केसीका जेठी छोरी शिक्षा न्युमोथेराक्स रोगबाट ग्रसित थ्रिईन्। पोखरामा विज्ञान विषयमा अध्ययरत शिक्षालाई अस्पतालबाट सडकमार्ग हुदै आजै राती ९ बजेसम्म बेनी ल्याइने छ ।

पोखराबाट किरण सापकोटाले दिएको जानकारी अनुसार केसीको आजै कालिगण्डकी नदीमा अन्तिम संस्कार गरिने छ। एक्कासी न्युमोथेराक्स रोगबाट ग्रसित भएकी केसीको नेपालका अस्पतालमा उपचारलगत्तै समाजसेवी केसीले ९ महिनाकी बालिका सियानालाई कलेजो दिएको अस्पतालमै उपचारका लागि लगिएको थियो ।

शिक्षाको निधनले शिक्षामार्ग सहित स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले दुख ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा शिक्षाका नाममा श्रद्धाञ्जली ब्यक्त गरिएको छ । भारतमा उपचारको क्रममा त्यहाँ रहेका भारतीय सहित नेपालीले शिक्षाको उपचारमा निरन्तर सहयोग गरेका थिए । न्युमोथेराक्स रोगका कारण शिक्षाको शरीरमा बल्ड सेल्सहरु शरीरमा फुट्ने गरेको थियो । चिकित्सकले धेरै सुधार भएको बताइरहँदा एक्कासी स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।