मोना कतारले १० लाखको अक्षय कोष स्थापना गर्ने, तयारी अन्तिम चरणमा

म्याग्दी जिल्लामा १० लाखको बहुउद्देश्यीय अक्षयकोष स्थापनार्थ मोना कतारले आयोजन ागर्न लागेको नयाँ बर्ष २०७६ सालको तयारीलाई तिब्रता दिएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले नेपालीको नयाँ बर्षको शुभकामना आदानप्रदान सहित अगामी अप्रिल २६ गते चौथो सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तिलु शर्मा पौडेलले बताए ।

‘म्याग्देलीको उत्साहजनक सहभागिता हुनेछ,‘कतारमा रहेका म्याग्देलीलाई आफ्नो जन्मभूमिका लागि गरिएको अभियानमा सहभागिताको अनुरोध गर्दछु’ पौडेलले भने । उनले कतारमा रहेका म्याग्देलीको तथ्याङ्क संकलन सहित भावी कार्यक्रमका बारेमा समेत छलफल समेत गर्न सकिने भएकाले पनि कार्यक्रममा आर्थिक, भौतिक र नैतिक सहयोगको अपिल गरेको बताए ।

उनले कार्यक्रममा लाईभ दोहोरी, पञ्चेबाजा सहितका विविधि कार्यक्रमलाई समेत प्राथमिकता दिइएको बताए । कार्यक्रममा नेपालबाट कुमार पुन, अमृता सिर्पाली सहित कतारमै रहेका कलाकारहरुको प्रस्तुती रहने छ । कतारमा रहेका विभिन्न १७ वटा संस्थाल सहयोगी भूमिका निर्वाह गरेको कार्यक्रमलाई नेपाली दुतावासले समेत सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

कतारमा रहेका म्याग्देलीले सन् २००३ मा स्थापना गरेको म्याग्दी सेवा समाजलाई मोनामा रुपान्तरण गरी सञ्चालन भइरहेको छ । मोना कतारले म्याग्दी जिल्लामा विपद्, शिक्षा, स्वास्थ्य सहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ । प्रवासमा रहेका म्याग्देली संस्थामा कतार सक्रिय संस्थाको रुपमा चिनिन्छ । कतारमा दुर्घटना सहित विभिन्न कारणले ज्यान गुमाएकालाई नेपाल पठाउने , विरामीको उपचार सहित म्याग्देली समस्यामा परेमा तत्काल पुगेर उद्धारमा सक्रिय हुने गरेको छ ।