म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर जलेर ध्वस्त भएको थियो ।

आगोलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गहना, नगद, फर्नीचर लगायत सामग्री नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।वडा अध्यक्ष दिनेशकुमार तिलीजा पुन, शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा (मुन्ना), शिख्तानी समाज पोखराका अध्यक्ष क्याप्टेन बलबहादुर तिलीजा, शिख माविका प्रअ केदार कार्कीले बिहीबार फलातेमा पुगेर स्थानीयबासीको भेलामा रकम हस्तान्तरण गर्नुभएको थियो ।

घर जलेपछि कक्षा ५ र कक्षा ३ मा पढ्ने दुई वटा छोरा सहित पुनका परिवार अस्थाई टहरा बनाएर बस्दै आएकी छिन् । कमजोर आर्थिक अवस्थाकी पुनका श्रीमानको मृत्यु भइसकेको छ । घर पुननिर्माणका लागि युके र हङकङमा बस्ने शिखबासीहरुको पहलमा आर्थिक सहयोग संकलन गरेर उपलब्ध गराइएको हो । सेते तिलिजा 

Leave a Reply