शिख स्वास्थ्य चौकीको प्रसुती कक्षमा दुई जना दाताको सहयोगमा पूर्वाधार थप गरिएको छ । स्वर्गीय सुवेदार मेजर कविराज गर्वुजा पुनको पुन्य स्मृतिमा उहाँकी धर्मपत्नी कलमती गर्बुजा पुन तथा छोराहरु शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा र सुवेदार मेजर डिल्लीराज गर्बुजाले इन्क्युभेटर उपकरण उपलब्ध गराउनुभएको छ ।

नवजात शिशूलाई जाडोबाट बचाउनका लागि इन्क्युभेटर उपकरण आवश्यक पर्छ । स्वास्थ्य चौकीको प्रसुती कक्षमा स्वर्गीय कुलबहादुर पाइजाको स्मृतिमा उहाँकी धर्मपत्नी नरकुमारी पाइजा पुन र छोरा बुहारी राजेन्द्र पाइजा पुन, निर्मला पाइजा पुनको सहयोगमा एट्याच बाथरुम निर्माण भएको छ ।यसअघि प्रसुती सेवा लिन आउनेहरु शौचालयका लागि भवन देखि बाहिरको चर्पीमा जानुपर्ने समस्या थियो । भवनभित्रै शौचालय भएपछि सेवाग्राहीलाई सहज हुने अपैक्षा गरिएको छ ।

शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा र शिख्तानी समाज पोखराका अध्इक्ष क्याप्टेन बलबहादुर तिलीजाले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष दिनेशकुमार तिलीजा पुन र स्वास्थ्य चौकी प्रमुख हेमबहादुर पुनलाई उपकरण तथा एट्याच बाथरुमको चावी हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजाले शिख माविको पुस्तकालयमा पन्चीस हजार रुपैयाँ बराबरको विभिन्न विधाका पुस्तकहरु सहयोग गर्नुभएको विद्यालयका प्रअ केदार कार्कीले जानकारी दिनुभयो ।रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका शिखबासीहरुले आफ्नो जन्मथलोको शिक्षा, स्वास्थ्य, सडक, विद्यालय भवन लगायत पूर्वाधार निर्माण, विपद् व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।सेते तिलिजा 

Leave a Reply