बेनी यूवा क्लवको अध्यक्षमा गौचन

म्याग्दीको सदरमुकाम बेनीमा खेलकुद सहित विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने गरी बेनी यूवा क्लव गठन भएको छ । बेनी नगरपालिका वडा नं ८ मा आयोजित भेलाबाट मनोज गौचनको अध्यक्षतामा तर्दथ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा प्रतिक्षा पुन, सचिव सुनिल श्रेष्ठ, कोषाध्यक्ष मनिता गौचन, सहसचिव सोनिया पुन, सहकोषाध्यक्ष आशा पुन रहेका छन् ।

कार्यसमितिको सदस्यमा कृशा श्रेष्ठ, बाइल आले, सचित थापामगर, राम केसी र निस्मा श्रेष्ठ रहेका छन् । बेनपा ८ को वडा कार्यालयमा आयोजित भेलामा वडा अध्यक्ष रामकृष्ढा बराइली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो । भेलामा क्लवका नियमित गतिविधिमा वडा कार्यालयसँग समेत समन्वय गरिने बताइएको थियो । बेनी नगरपालिका भित्रका सबै वडामा वडास्तरीय क्लव गठन गरी नगरस्तरीय गठन गरिनेछ ।