बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथी रहेको स्वर्गाश्रम मन्दिरमा आइतबार रथयात्रा सहित पूजाआजा गरिएको छ । हरेक बर्ष बैशाख १ गते गणेश भगवानको रथयात्रा र नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

स्वर्गाश्रम ब्यवस्थापन समितिको आयोजना गरिएको रथयात्रामा भकिम्ली सहित बेनी नगरपालिकाको वडा नं ४ सिंगा, मंगला गाउँपालिका बरंजा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका धम्जा लगाएत आसपासका क्षेत्रबाट भक्तजन दर्शनका लागि आएको ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य रत्न जिसीले बताए ।

उनका अनुसार स्वर्गाश्रममा भक्तजनसहित भ्रमणका लागि आउन थालेपछि मन्दिर आसपासमा चाप बढ्न थालेको बताए । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दीगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भियाउन आवश्यक पदमार्ग सहित विभिन्न योजना बनाएको बताए ।स्वर्गाश्रममा दर्शन गरेपछि बेलढुङ्गासम्म पुगेका थिए । बालबालिकादेखि बृद्धबृद्धासम्म बेलढुङ्गामा पुगेको स्थानीय यूवा तारामिलन छन्त्यालले जानकारी दिए । उनका अनुसार पदमार्ग निर्माण गरेपछि आवतजावतमा सहज भएको बताए । स्वर्गाश्रमसम्म पुग्नका लागि सडक विस्तार गरिएको छ।

स्वर्गाश्रम मन्दिरमा विभिन्न स्थानबाट ऋषि एवं माताहरु आएर तपस्था गर्ने गरेका छन् । मन्दिर नजिकै रहेको ओढारमा पनि ऋषि तथा माताहरु बसेर ध्यान, तपस्या गर्ने गरेकाले पनि आमा समुहले समेत चासो देखाउने गरेका छन् । स्वर्गाश्रम र बेलढुङ्गाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरी एवं अन्नपूर्ण रेञ्जका हिमश्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

Leave a Reply