घोरेपानीमा आयोजित नृत्य प्रतियोगितामा शिख र नारच्याङ प्रथम

जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारमा अवस्थित प्रमुख पर्यटकीयस्थल घोरेपानीमा नयाँ बर्षको अवसरमा आयोजित एकल तथा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

घोरेपानी, पूनहिलमा नयाँ बर्ष मनाउन पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतका साथै गाउँपालिकास्तरीय एकल तथा सामुहिक नृत्य प्रतियोगिता उद्घाटन गदैं गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुन गर्बुजाले घोरेपानी, पुनहिल विश्वमै चर्चित भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताएकार्यक्रममा विशिष्ट अतिथिद्धय पूर्व सांसद रेशम बहादुर बानियाँ, नवराज शर्मा,वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले म्याग्दीलाई विश्वभर चिनाउन पूनहिलले भूमिका खेलेको बताए । पर्यटन क्षेत्रको विकासमा स्थानीयको सक्रियताले उत्साहित भएको बताएका थिए ।

जिल्लाका अन्य पर्यटकीयस्थलमा समेत घोरेपानीका ब्यवसायीबाट सिक्न सकिने अतिथिहरूको भनाई थियो । पूनहिलका संस्थापक स्वर्गीय मेजर टेक बहादुर पुनलाई सम्झना समेत गरेका थिए ।यूवा तथा खेलकुद ब्यवस्थापन समितिको आयोजामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाबाट सहभागिता रहेको थियो ।

यसैबीच सामुहिक नृत्य तर्फ प्रथम अन्नपूर्ण–५ शिख, द्धितिय अन्नपूर्ण–१ दोवा र तृतिय अन्नपूर्ण –२ भुरुङ तातोपानी भएका थिए । प्रथम, द्धितिय र तृतियले क्रमश ३० हजार, २० हजार, १५ हजार नगद प्राप्त गरेका थिए भने एकल तर्फ अन्नपूर्ण–४ नारच्याङकी सात्ना तिजिला प्रथम, अन्नपूर्ण–५ शिखकी निर्जला पुन द्धितिय र अन्नपूर्ण–१ दोवाकी बविता पूजा तृतिय भएकी थिईन् ।प्रथम, द्धितिय र तृतियले क्रमश २० हजार, १५ हजार र १० हजार प्राप्त गरेको आयोजक समितिका सुरेन गुरूङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी भएका सम्पूर्णलाई नगद ५ हजारले सम्मान गरिएको थियो ।

प्रतियोगिताका अतिथि, सहभागी तथा पूरस्कारमा गाउँपालिका अध्यक्ष पुनकै होटल सन्नीले ब्यवस्थापन गरेको थियो । पूनहिला यूवा क्लव, पूनहिला पिस फाउण्डेशन, अन्नपूर्ण यूवा क्लव नारच्याङ र न्यू कान्छी बराही यूवा क्लव शिखको सहआयोजना रहेको प्रतियोगितामा घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले स्वागत तथा टक पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही अवसरमा नयाँ बर्षको एकअर्कामा शुभकामना आदानप्रदान गरी खुसीयाली मनाइएको थियो