सदरमुकाम बेनीमा आएकी एक महिला ३ दिनदेखि बेपत्ता भएकी छन् । बेनी नगरपालिका- ५ तल्लो डडुवाकी ५० बर्षिया खिरमायाँ पाईजा तीन दिनेदखि बेपत्ता भएकी हुन् । आइतबार सदरमुकाम बेनीमा आएकी पाईजा सम्पर्कविहिन भएको भारतको गुजरात प्रदेशमा भारतीय सेनामा कार्यरत छोरा दिलबहादुर पाईजाले बेनीअनलाइनलाई बताए ।
‘आमा सम्पर्कमा आउनुभएको छैन्,‘उहाँको खोजीका लागि प्रहरीमा समेत जानकारी गराएका छौ’ पाईजासँगै रहेका बागलुङका रोमन्त खड्काले बताए । गहुगोरो बर्णकी पाईजाको खोजीकार्यमा डडुवाका स्थानीयले समेत अपिल गरेका छन् । पाईजा सम्पर्कविहिन भएपछि छोराले भारतमा रहेका म्याग्देली र बागलुङका साथीहरुलाई जानकारी गराएका थिए ।
छोराले सामाजिक सञ्जालमा हालेको पोष्ट
नाम : खिरमाता पाइजा
उमेर:५० बर्ष
बर्ण: गहुगोरो
ठेगाना:मङ्गला गा पा २(तल्लोडडुवा)
बिगत ३ दिन देखि घरयासी कामको शिलशिलामा बेनि बजार जानू भएको र अहिले सम्म सम्पर्क मा न आउनु भएको ले कहि कति देख्नु हुने भेट्नु हुने महानुभाव ले नजिक को प्रहरी कार्यालय मा वा बेनि अनलाइन लाई सम्पर्क गरिदिनु होला ।