????????????????????????????????????

मेषः यात्राको अवसर मिल्नेछ । बोलीको प्रभाव बढ्नुका साथै सहयोगीहरु बढेर जानेछन् । मीठो खान पाइनेछ । मान प्रतिष्ठा बढ्नुका साथै शुभ खबर प्राप्त हुनेछ । मित्र तथा आफन्तहरुको सहयोगले कार्यहरु सफल हुनेछन् ।
वृषः भेटघाटको अवसर मिल्नेछ । पारिवारिक शुख बढ्नुका साथै प्रेम प्रसंग चल्नेछ । आम्दानी बढेर जानेछ । छोटो दुरीका यात्राका अवसरहरु मिल्नेछ । बिपक्षी बलवान रहलान । शुरुका दिनहरुमा आलस्यता बढेपनि अन्य दिनहरु शुभ हुनेछन् ।

मिथुनः मित्र तथा आफन्तहरुबाट सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर आउला । उत्सव समारोहमा सहभागी भई भोज भतेरमा सहभागी हुन पाइनेछ । कृषि ब्यवसायमा लाभ हुनेछ । साताको मध्यतिर भने खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कटः मान्यजन तथा आफन्तहरुको सहयोगले अधुरा कार्यहरु पूरा होलान् । ब्यावसाय फष्टाउने देखिन्छ । बोलिको प्रभाव बढ्नेछ भने शुभ खबर प्राप्त हुनेछ । साताको अन्त्यतिर भने धैर्य गर्नुपर्ने देखिन्छ, सतर्क रहनुहोला ।

सिंहः यात्रामा निस्कनुपर्ने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्नुका साथै शुभ खबर प्राप्त हुनेछ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । मनोरञ्जन गर्न पाइला, मिठो भोजनको अवसर मिल्नेछ । मन प्रसन्न रहला ।

कन्याः शुभ कार्यमा मन जानेछ । आफन्त तथा मान्यजनबाट प्रशस्त सहयोग मिल्नेछ । उत्सवहरुमा सहभागी हुन पाइनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । शुरुवाती दिनहरुमा भने खर्च बढ्नेछ, अनावस्यक विवादबाट बच्नुहोला ।
तुलाः मान्यजनसँगको भेटले मनमा उत्साह बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । गरेका कार्यहरुबाट सफलता मिल्नेछ । अअध्ययनमा रुचि बढ्नेछ । साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

वृश्चिकः मिठो भोजन प्राप्त होला । छोटो दुरीको यात्रा सफल रहनेछ । आम्दानी बढ्नुका साथै मनोरञ्जनको अवसर मिल्नेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । साताको अन्त्यतिर भने कार्यहरुमा विलम्भ देखिन्छ ।

धनुः अध्ययन अध्यापन क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक मान सम्मान बढ्ने देखिन्छ । पारिवारिक मिलनले उत्साह थपिनेछ । मित्रहरु त्था मान्यजनबाट सहयोग मिल्ने देखिन्छ । धार्मिक कार्यमा मन जानेछ । मन प्रसन्न रहला ।

मकरः यात्रा तथा रोजगारीका अवसरहरु मिल्नेछन् । ब्यापारबाट लाभ मिल्नेछ । मित्र तथा आफन्तहरुसँगको भेटले मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ । शुरुवाती दिनहरुमा भने स्वास्थ्य समस्या बढ्ने देखिन्छ ।
कुम्भः शुभ खबर प्राप्त हुनेछ । ब्यापारमा लाभ हुनुका साथै सामाजिक तथा घरायसी कामहरुमा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । धार्मिक सम्मान तथा प्रोत्साहन मिल्नेछ । साताको मध्यतिर भने शत्रुहरु बढ्ने देखिन्छ ।
मिनः यात्राका प्रशस्तै अवसरहरु प्राप्त हुनेछन् । आफन्त भेटले मन प्रसन्न हुनुका साथै साहास बढेर जानेछ । मान्यजनबाट भरपूर सहयोग मिल्ने देखिन्छ । साताको अन्त्यतिर भने समस्याहरु बढ्नेछन् ।

नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरुः
५ गते बिहिबार, विश्व सम्पदा दिवस
(पश्चिम तथा पूर्व दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

६ गते शुक्रबार, हनुमान जयन्ति
(उत्तर तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

७ गते शनिबार
(दक्षिण तथा पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

८ गते आइतबार, छन्द दिवस
(उत्तर तथा दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

९ गते सोमबार, विश्व पृथ्वी दिवस
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

१० गते मंगलबार, मंगल चौथी व्रत, अन्तराष्ट्रिय पुस्तक दिवस, प्रतिलिपि अधिकार दिवस
(पूर्व तथा पश्चिम दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

११ गते बुधबार, लोकतन्त्र दिवस
(पश्चिम तथा पूर्व दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् । ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

Leave a Reply