भेटिइन् डडुवाकी खिरमायाँ

घरबाट बेनीबजारमा जान्छु भनेर सम्पर्कविहिन भएकी एक महिला सम्पर्कमा आएकी छन्। बेनी नगरपालिका– ५ तल्लो डडुवाकी ५० बर्षिया खिरमायाँ पाईजा आफँु सकुशल रहेको परिवारलाई सन्देश पठाएकी छन् । आइतबार सदरमुकाम बेनीमा आएकी पाईजा मंगलबार सम्पर्कमा आएको नेत्रराज सुबेदीले बताए ।

उनका अनुसार उहाँ सम्पर्कमा आएपछि परिवारका सदस्यलाई जानकारी गराइएको छ ।  तीनदिनसम्म सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा जानकारी सहित बेनीअनलाइनबाट सूचना जारी गरेपछि बृद्धा पाईजालाई पुलाचौरको चिप्लेटी आसपासमा देखेपछि आफन्तलाई जानकारी गराएका थिए । बृद्ध पाईजा सम्पर्कविहिन भएपछि भारतीय सेनाका कार्यरत छोराले खोजीकार्यमा सहयोगको अपिल गरेका थिए ।