उपल्लो मुस्ताङवासीले चीनसँग सीमाना जोडिएको कोरला नाकाको चिनियाँ क्षेत्रमा चिन सरकारले बनाएको पूर्वाधार । चिनतर्फ पूर्वाधार बनेपनि नेपालको तर्फबाट भौतिक संरचना निर्माणको काम सुरु नै भएको छैन् । कोरला नाकामा चीनले भने सम्पूर्ण अन्तरदेशीय संरचनाहरु निर्माण गरीसकेको छ ।

कोरला नाका भौगोलिक हिसाबले पनि चीनसंगको सबै भन्दा छोंटो र सुरक्षित नाका मानिन्छ ।कोरला नाका संचालन भएपछि गण्डकी र ५ नम्वर प्रदेशमा चिनियाँ सामानहरु सस्तो र सुलभ हुन्छ ।  हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमा नै पर्ने हुँदा नाका खेलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री, चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकहरु पनि बढ्ने विश्वास भएकाले पनि मुस्ताङीले पूर्वाधार विस्तार गर्न माग गर्ने गरेका छन् । तस्वीर स्रोत सुन्दर थकाली

Leave a Reply