ठगी सम्बनधी समाचार लेखेको विषयलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएपछि म्याग्दीका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडी बिहीबार बिहान धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार गिरी पक्राउको विरोध गरेका हुन् । अनलाइनमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले बताए ।

उनका अनुसार पत्रकारलाई आन्दोलन गर्न बाध्य बनाउन राज्यका सयन्त्रहरु ठगको प्रलोभनमा परेको बताए । आन्दोलनका कार्यक्रम अन्तरगत बुधबार महासंघ म्याग्दीले ज्ञापनपत्र बुझाएको थियो भने बिहिबार धर्ना सहितको कार्यक्रम गरेको थियो । धर्ना कार्यक्रममा महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष धनश्याम खड्का, गण्डकी प्रदेश सदस्य सन्तोष गौतम लगाएतको उपस्थिति रहेको थियो । पत्रकार गिरीलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ । महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

Leave a Reply