जापानको नागोयामा रहेका म्याग्देलीले नयाँ बर्ष २०७६ सालको अवसरमा मोना साँझ गर्ने भएको छ । शिक्षा, रोजगार र ब्यापारको सिलसिलामा नायोगा क्षेत्रमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोना जापान क्षेत्रीय समितिले गरिब, विपन्न र जेहेन्दार बालबालिकाको शिक्षादिक्षाका लागि आवश्यक पर्ने सहयोग जुटाउन सहयोग संकलन गरेको क्षेत्रीय समितिका अध्यक्ष रुपेश चोचाङीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार आगामी मे १ तारिकाम हुने साँझमा म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका गगन पुन, चर्चित गायक शिव परियार, लोक दोहोरी गायिका ज्योती मगर लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने बताइएको छ ।

संस्थाले स्थापनाको करिव ४ बर्षको अवधिमा म्याग्दी जिल्लामा बालबालिका सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गदैं आइरहेको अवस्थामा बालबालिकाको शिक्षालाई सुनिश्चित गर्न साँझको कार्यक्रम गरिएको मोना जापान नागोयाले जनाएको छ । नागोयाको नाकामुरा कल्चर थियटरमा हुने मोना साँझको तयारीलाई तिव्रता दिइएको महासचिव कमल पौडेलले बताए । अधिकांस विद्यार्थी रहेका समितिमा आफ्नो खर्च कटाएर समेत सामाजिक कार्यमा सहयोग गर्ने गरेका छन् ।

Leave a Reply