गरिमा विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स  बीच बैंकासुरेन्स सम्झौता भएको छ । विहिवार एक कार्यक्रमका बिच सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्‍याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।

बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।बैकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफइन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

Leave a Reply