बेनी नगरपालिका ५ पुलाचौरको बसन्त आधारभुत विद्यालयले विद्यार्थी आर्कषित गर्न अंग्रेजी माध्यममा अध्यापन सुरु गरेको छ । अंग्रेजी माध्यमको खोजीमा धमाधम विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालयमा विद्यार्थी टिकाउन र नयाँ भर्नालाई प्रभावकारी बनाउन घरदैलो अभियानमा जुटेको प्रधानध्यापक दिपकप्रसाद पौडेलले बताए । ‘मातृभाषालाई पनि प्राथमिकता दिन्छौ, यहाँका अभिभावकको पनि अंग्रेजी नै छ’ पौडेलले भने ।

उनका अनुसार नयाँ शैक्षिक सत्रबाट कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यम सुरु गरिएपनि बालविकासमा बालबालिकाले घरमै बोल्ने भाषा अर्थात नेपालीलाई समेत संगै लैजाने बताए । विद्यालयमा ३५ विद्यार्थी अध्ययरत छन् । भर्ना अभियन सहित प्रचारप्रसार गदैं अभिभावकलाई अंग्रेजी माध्यमका बारेमा जानकारी समते गराउने गरिएका विद्यालयले जनाएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै घट्न थालेपछि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

Leave a Reply