बेनी नगरपालिका–९ घतानमा अवस्थित एतिहासिक, पर्यटकीय र धार्मिक महत्व बोकेको भगवती कोत मन्दिरको पुननिर्माण सुरू भएको छ । बाइसेचौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिर्ण भएपछि बिहिबारबाट पुननिर्माणको काम गरिएको हो ।

जीर्ण अवस्थामा रहेका मन्दिरलाई भत्काएर नयाँ स्वरुपमा निर्माण भइरहेको स्थानीय देबेन्द्र मल्लले बताए । उनले मन्दिरको वडा अध्यक्ष बेलबहादुर चोखालले सिलन्यास गरेर निर्माणको काम सुरू गरिएको बताए । मर्मतसम्भार तथा पूर्वाधार विस्तार गरी प्रचारप्रसार गर्ने उदेश्यले घतानबाट विदेशमा रहेका यूवाले ७ लाख २१ हजार संकलन गरेका छन् । एतिहाँसिक ढोल्थान दरबारको काखमा अवस्थित मन्दिरलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्ने उदेश्यले साउदीमा रहेका कृष्णबहादुर चोखाल र रामु परियार लगाएतको सक्रियतामा सहयोग संकलन सुरु गरिएको थियो ।

सहयोग संकलन अभियानमा कतारमा रहेका स्थानीय सुनिल चोखाल १ लाख १५ हजार, कृष्ण बहादुर चोखाल १ लाख १ हजार १११, घतान सेवा समाज कतार ५० हजार, साउदीमा रहेका विष्णु बहादुर परियार ५० हजार, रामु परियारबाट ५१ हजार ५७० लगाएत विदेशमा रहेका अन्य जिल्लाबाट सहयोग गरिएको थियो ।

‘कोत मन्दिरको सयौंबर्ष पुरानो इतिहास छ,‘मन्दिरको संरक्षण गर्नु सबैको जिम्मेबारी हो’ भगवती कोतम मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष बुद्धबहादुर चोखालले भने । उनका अनुसार पुजाआजा गर्ने बेलामा मन्दिरमा पुग्ने गरिएपनि अन्य समयमा प्रचारप्रसार तथा पूर्वाधार विस्तारमा बेवास्ता भएपछि स्थानीयको पहलमा मन्दिरको पूननिर्माणको कार्य सुरु गरिएको हो ।

ढोल्थानको कोतबाट छुट्टाएर पात्लेखेत, तोरिपानी लगेपछि त्यहाँको संरक्षणमा चासो घट्दै गएपछि स्थानीयको सक्रियता बढाएका थिए । मन्दिरमा वडा सहित गाउँलेले समेत सहयोग गरेका छन् । थप सहयोगको आवश्यकता समेत पर्ने समितिको भनाई छ । ढोल्थानमा एतिहाँसिक पुलस्त्य पुलह आश्रम, जगन्नाथ मन्दिर लगाएत घतान, तोरिपानी लगाएतका क्षेत्रबाट जाने गरिन्छ । धौलागिरी सहित आधा दर्जन हिमालको अवलोकन गर्न सकिने मन्दिर आसपासका क्षेत्रमा रहेको फाँटमा तत्कालिन समयमा दरबारले प्रयोग गरेका विभिन्न आकारका चिन्हरु समेत भेटिन्छन् ।

Leave a Reply