एउटा उखानैं छ,‘चाहिदा भाडो नचाहिदा घाडो’ यो उखान म्याग्दीको सदरमुकाम बेनीमा अहिले होईन् बषौंदेखि लागु हुन्छ। खुल्लामञ्चलाई प्रयोग गरेर राजनीतिक, सामाजिक तथा अन्य गतिविधि गर्नेहरूले आवश्यक पर्दा सिँगारेर चिटिक्क पार्छन् अनि प्रयोग गरेपछि बेवारिसे अवस्थामा छोडिदिन्छन् । खेलकुद, मेलामहोत्सव, राजनीतिक दलका कार्यक्रम सहित अन्य विभिन्न कार्यक्रममा देखिने एउटा दृष्य यसपटक पनि देखियो ।

ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ ले ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित आयोजित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव सकिएपछि खुल्लामञ्चमा आयोजकले फोहोरलाई चटक्कै छोडेर गएपछि स्थानीय यूवाले संकलन गरेर ब्यवस्थापन गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले महोत्सवको अन्तिम दिन अगाडी नै हस्तक्षेप गरेपछि महोत्सवस्थलबाट बाहिरिएका ब्यवसायीले फोहोरलाई संकलन नगरी छोडेपछि सामाजिक सञ्जालमा समेत फोहोरका बारेमा यूवाहरुले पोष्ट गरेलगत्तै प्रकाश पौडेल सहितको टोलीले फोहोर संकलन गरेका थिए । ‘यूवाहरु सन्देश फैलाउनका लागि हो,‘हामीले फोहोर संकलन गरेका हौं’ पौडेलले बेनीअनलाइनलाई भने ।

उनले आयोजकले संकलन गर्नुपर्ने भएपनि फोहोर देखिएकाले संकलन गरेको बताए । पौडेलको नेतृत्वमा पुगेका यूवाहरुले संकलन गरेको फोहोरलाई ट्याक्टरमा हालेर फालिएको थियो । यूवाहरुको प्रयासलाई सामाजिक सञ्जालमा धन्यवाद दिइएको छ । यता रेडियो म्याग्दीका समाचार प्रमुख राकेश शर्माले महोत्सवमा प्रशासनको हस्तक्षेपछि ब्यापारीहरु बाहिरिएको दुईदिन पछि दुईजनालाई फोहोर संकलनको जिम्मेबारी दिइएको बताए । ‘पारिश्रमिक दिएर नै दुईजनालाई परिचालन गरेका थियौ,‘हामी गैरजिम्मेबारी भएका छैनौ’ शर्माले भने ।

उनले आगामी बर्ष समेत बार्षिकत्सव महोत्सव सहितका विभिन्न कार्यक्रम गर्ने तथा आफ्नो जिम्मेबारी भएकाले पनि फोहोर संकलनमा ढिलाई भन्दा पनि मजदुरलाई खटाइको बताए । उनले महोत्सवको कार्यतालिका अस्तब्यस्त भएपनि महोत्सवमा दिइएको प्रतिबद्धता सहित आवश्यकता अनुसार थप काम गर्न सकिने बताउँदै फोहोर सहित अन्य ब्यवस्थापन गर्नुपर्ने कार्यमा केन्द्रित भएको बताए । उनले फोहोर संकलन गरेर सहज बनाइदिएकोमा यूवाहरुलाई धन्यवाद दिए ।

Leave a Reply