राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएको छ । राप्रपाले पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाललाई हिन्दुराष्ट्र पुनसर््थापनाका लागि जनसङ्घर्षका चरणहरुमध्ये धर्मनिरपेक्षता खारेजीको मागसहित व्यानर जलाएको हो ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनको विशेष उपस्थितिमा बेनीको न्युरोडमा कोणसभा कार्यक्रमको आयोजना गरी व्यानर र प्लेकार्ड जलाइएको राप्रपा म्याग्दीले जनाएको छ ।राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा क्षत्रीले कोणसभाको अध्यक्षता गरेका थिए ।

प्रहरीलाई समेत झुक्काएर राप्रपाले ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएका थिए । राप्रपाका केन्द्रिय उपाध्यक्ष गौचनले हिन्दुराज्य पुर्नस्थापनाका लागि आन्दोलनका कार्यक्रमलाई थप तिब्रता दिने बताए । उनले हिन्दुराष्ट्र पुर्नस्थाननाका लागि हुने आन्दोलनमा विभिन्न पार्टीमा आस्था राख्ने सबैले सहभागिता जनाउन समेत अनुरोध गरे । उनले आन्दोलन पार्टीगत नभई सम्रग देशको हितमा केन्द्रित भएको बताए ।

Leave a Reply