Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

बेनीमा वेवारिसे अवस्थामा एक बृद्धा फेला

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा एक बृद्धा बेवारिसे अवस्थामा भेटिएकी छिन् । नगरपालिका वडा नं ८ गणेशटोलमा भेटिएकी महिलाले आफ्नो नाम र ठेगाना समेत भन्न नसक्ने अवस्थामा रहेको स्थानीय विष्णु गौतम सापकोटाले बताईन् । अन्दाजी ७५ वर्षीया बृद्ध बेवारिसे अवस्थामा देखेपछि स्थानीयले बेनीअनलाइनलाई खवर गरेका थिए ।

आफ्नो परिचय स्पष्ट दिन नसक्ने महिलाले बेलाबेलामा राखु घर भएको बताउने गरेपनि बाँसको रुख आसपासमा घर भएको भन्दै संकेत गर्ने गरेका सापकोटाले बताईन् । हिँडडूल गर्न सक्ने सक्ने भएपनि विरामी जस्तै रहेकी बृद्धाका बारेमा जानकारी भएकालाई सम्पर्कमा आउन अनुरोध गरिएको छ। बृद्धालाई प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ । बृद्धका आफन्तहरुको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको स्थानीयको भनाई छ ।

Exit mobile version