प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् ।शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् ।

‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा ज्ञानु पंगेनीले लेखेका छन् ।

Leave a Reply