Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

गण्डकीको दुवै टोली सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा गण्डकी प्रदेशका पुरुष र महिलाको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा गण्डकीले पुरुषतर्फ कर्णाली प्रदेशलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्दा महिला टोलीले विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउदै एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

गण्डकी प्रदेश पुरुषतर्फ समूह ‘क’ को उपविजेता बन्दा आर्मी एक खेल अगावै समूह विजेता बन्यो । गण्डकीले कर्णाली प्रदेशलाई २५–१७, २५–१४ र २५–२१ ले हराउदै चार खेलबाट ९ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो । अब आर्मीले कर्णाली प्रदेशसँग खेल्न बाँकी छ ।

महिला तर्फ निकै नै महत्वपुर्ण खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्न सफल भएको हो । गण्डकीले आर्मीमाथि १३–२५, १७–२५, २५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्यो ।

पुरुषतर्फ समुह ‘ख’ बाट नेपाल पुलिस क्लब विजेता तथा नेपाल एपीएफ समूह उपविजेता बन्दै अन्तिम चारको यात्रा तय ग¥यो । खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि २५–१३, २५–२०, १७–२५ र २७–२५ ले जित्न सफल भयो । महिलातर्फ गण्डकीसँगै प्रदेश ३, एपीएफ र पुलिसले सेमिफाइनलमा स्थान बनायो । प्रदेश ३ ले कर्णली प्रदेशलाई २५–४, २५–१२ र २५–१८ को तथा एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५–८, २५–१३ र २५–१० को सोझो सेटमा पाखा लगायो ।

Exit mobile version