नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । नेकपाको ७१ औ स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटिले ७७ वटै जिल्लाको नेतृत्वको सूची सार्वजनिक गरिएको छ ।

नेकपा म्याग्दीका अध्यक्ष पौडेल तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक, महाधिवेशन समिति सदस्य तथा प्रथम संविधान सभाका निर्वाचित सदस्य हुन् । त्यस्तै श्रेष्ठ तत्कालीन एमालेको जिल्ला अध्यक्ष अध्यक्ष हुन् । तत्कालीन अर्थुङे गाविसको अध्यक्ष निर्वाचित भएका श्रेष्ठले तत्कालीन नेकपा एमालेको दुई कार्यकाल अध्यक्ष भएका थिए ।

राजनीतिकसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् । नेकपाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पौडेल र सचिव श्रेष्ठले पार्टी एकताको बाँकी कार्यलाई पुरा गर्ने प्रतिबद्धता जनाए । जिल्लामा रहेको बलियो संगठनलाई थप मजबुद बनाउने तथा पार्टीप्रति आर्कषण बढाउने कार्यमा सक्रिय हुने अध्यक्ष पौडेलले बताए ।‘सरकारका सन्देशलाई गाउँसम्म पु¥याउँछौ,जनताको बीचमै रहेर संगठन विस्तार सहितका योजना बनाउँछौ’ पौडेलले भने । उनले पार्टी एकताको उर्जालाई जिल्लाका दुर्गम बस्तीमा रहेका कार्यकर्तासम्म पुग्ने गरी कार्ययोजना बनाउने बताए ।

Leave a Reply