आठौं राष्ट्रिय खेलकुदमा गर्बुजाले काँस्य पदक जितिन्

आठौं राष्ट्रिय खेलकुद तेक्वान्डो प्रतियोगितामा गण्डकी प्रदेशबाट म्याग्दीकी ममता गर्बुजाले काँस्य पदक जितेकी छन् । भैरहवामा आयोजित प्रतियोगितामा ६७ केजी तौल समुहमा गर्बुजाले काँस्य पदक जितेकी हुन् ।

तेक्वान्डो प्रतियोगितामा दर्जनको हाराहारीमा उपाधी जितेकी गर्बुजाले सातौ राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी थिईन् । म्याग्दीबाट विभिन्न खेलमा गण्डकी प्रदेशबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुबाट अझैपनि पदकको आश गरिएको छ। म्याग्दीमा जन्मिएर विभागीय टोलीबाट उसुमा बिन्दु पुन र भारत्तोलनमा तारादेवी पुनले स्वर्ण पदक जितेका छन् ।