रुफटप स्यूमिङपुल सहित होटल संचालनको लागी उपयुक्त भवन निर्माण

धौलागिरीमा पहिलो पटक सुन्दर नगरी बेनी बजारको फुलबारी टोल( शिक्षा मार्ग) मा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्ति गर्दै रुफटपमा स्यूमिङगपुल सहितको होटल संचालनको लागि उपयूक्त भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

मुक्तिनाथ तथा म्याग्दीका पर्यटक स्थलहरुको भ्रमणका लागी हरेक वर्ष हजारौको संख्यामा आउने आन्तरिक तथा बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै १५ कोठे (attach bathroom) सहितको रुफटपमा रेष्टुरेन्ट संचालन गर्न मिल्ने र स्यूमिङपुल सहितको करिब पाच करोडको लगानीमा बन्न लागेको भबनको कार्य अन्तिम चरणमा रहेको भबनका दाता सुसन श्रेष्ठ बेनीअनलाईनलाई बताउनु भएको छ ।

म्याग्दीको रमणिय पर्यटक स्थलहरुको अवोलकनको लागी आउने पर्यटक, मुक्तिनाथ, गलेश्वर मन्दिरमा आउन धार्मिक पर्यटक र हिमाल पारिको जिल्ला मुस्ताङको घुमफिरको लागी अाउने पर्यटकलाई गुणस्तरीय सेवा सुबिधा पुर्याउने उध्देश्यले भवन निर्माण गर्न लागेको र अबको करिब छ महिनामा होटल संचालनको लागी भवन तयार हुने श्रेष्ठ जानकारी दिनुभएको छ । “हामीले भवन तयार परिदिने छौ यदि कोहि इच्छुक ब्यक्ति

होटल संचालनको लागी आएमा लिजमा भवन उपलब्ध गराउने छौ र लिजमा लिन इच्छुक ब्यक्तीले बेनीमा रहेका सुदिप श्रेष्ठ( ९८४७६२४१७८) र तारा प्रसाद श्रेष्ठ ( ९८५७६२४०३९) मा सम्पर्क गरि होटल संचालन गर्न सकिने तारा प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।