निर्मल पूर्जाले अन्नपूर्ण हिमालको सफल आरोहण, १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने (भिडियो)

७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने योजना बनाएका अन्नपूर्ण गाउँपालिका –३ दानाका निर्मल पूर्जाले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालको मंगलाबार हिमालको उत्तरपश्चिम मोहडाबाट सफल आरोहण गरेको निर्मलमा दाजु कमलबहादुर पुर्जाले बताए ।

‘अबको केही महिनामै यो मिसन सफल हुन्छ,‘प्रवासी नेपालीबाट समेत हौसला मिलेको छ’ उनले भने । बहादुर, अनुशासित, लगनशिल र बफादारीको प्रमाणित गरेकोले यूकेमा च्यारेटी सहितको कार्यक्रम गरिएको बताए । उनका अनुसार ३१ जना आरोही सहित आरोहणमा निस्किएका पूर्जाले विश्व किर्तिमानी कायम गर्न बेलायती सेनाको आर्कषक जागिर समेत छोडेका थिए ।

Whilst (05/04/19) setting fixed lines to camp-3: we had 8 avalanches within the vicinity amongst which 3 were danger close; one burried our sheepa brother, he’s ok now. we ( team from Elite Himalayan Adventures , @sevensummittreks and Dolma Adventures) set new routes to C-3 (6,300) which is a bit of deviation on the Dutch route.Craziness 🤙🏼.All the fixing team were complete at the base camp at 2100hrs…Annapurna has the highest fatalities amongst 8000m peak due to objective danger..Enjoy your weekend,greetings from ABC..📸 @nimsdai Edited by @imsegang @alit_madesire .https://www.gofundme.com/147-power-of-possible.#projectpossible #nimsdai #14peaks7months #persistence #belief #gobeyond #nolimits #humanendeavour #noboundaries #limitless #selfbelief #motivation #resilience #endeavourthroughadversity #determination #mountainlion #positivemindset #beliveinyourself #brandingscience #hamasteel #digi2al #summitoxygen #inmarsat #blackdiamond #bremont #awesomephisiology #elitehimalayanadventures #alwaysalittlehigher

Posted by Nirmal Purja MBE: "Project Possible – 14/7" on Sunday, 7 April 2019

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । २०१९ को मार्चदेखि अक्टोबरभित्र ३ चरणमा १४ वटा अग्ला हिमाल चढ्न पूर्जालाई प्रवासी म्याग्देलीले समेत आर्थिक सहयोग सहित अभियान सञ्चालन गरेका थिए ।

आरोही पुर्जाले ‘प्रोजेक्ट पोसिवल’ नाम दिइएको सो परियोजनाबारे पावर पोइन्ट प्रिजेन्टेशनमार्फत यसअघि आपूmले चढेका हिमाल, गिनिज बुक अफ वल्र्ड रेकर्ड र गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेको जनाए ।

.With huge effort, dedication and team work, we has been successful to set fix lines on a new variant of the fabled 'Dutch Rib' of the north face. The Dutch route itself haven’t been climbed since 1970. ( someone can correct me if I’m wrong) .Project possible has kicked off either you are with me or not, I’m here and it’s happening..Planning to summit Annapurna before the 25th and my clock starts for #ProjectPossible 🤙🏼..Happy Nepalese New Year to everyone from Annapurna Exped Basecamp and super thank you to those who have been supporting Project Possible 14/7….#projectpossible #nimsdai #14peaks7months #persistence #belief #gobeyond #nolimits #humanendeavour #noboundaries #limitless #selfbelief #determination #mountainlion #positivemindset #beliveinyourself #brandingscience #hamasteel #digi2al #summitoxygen #inmarsat #blackdiamond #bremont #awesomephisiology #elitehimalayanadventures #alwaysalittlehigher @elitehimalayanadventures

Posted by Nirmal Purja MBE: "Project Possible – 14/7" on Sunday, 14 April 2019

आरोहण सुरु गरेका पूर्जाले अन्नपूर्णसँगै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, धवालगिरि, मनास्लु, नाङ्गगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्गमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ ।

प्रोजेक्ट पोसीबल’ परियोजना सफल बनाउन एनआरएनए युकेका पूर्वअध्यक्ष योेगेन क्षेत्रीको संयोजकत्वमा आर्थिक सहयोग समेत संकलन गरिएको थियो । करिब ७ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको अभियानलाई बेलायतमा रहेका नेपालीले चासोपूर्वक हेरेका छन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।

Annapurna Base Camp. Photo courtesy: Nima Gyalzen Sherpa

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए ।क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।