बेनीबजारको ठाउँठाउँमा छाडा पशुचौपायाको हुल देखिन्छन् । साँधुरो बेनीबजारमा जिल्लाका ग्रामिण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ । एकदशक यता सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढेपनि दीर्घकालिन ब्यवस्थापनका लागि कुनैपसिन निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रुपमा देखिएको छ ।

म्याग्दी तथा छिमेकी जिल्ला पर्वतबाट भित्रिने पशुचौपायाका कारण बेनीबजारका ब्यवसायी समेत हैरान भएका छन् । सवारीसाधनको चापका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेबको अवस्थामा दिनप्रतिदिन छाडा चौपायाका कारण पैदलयात्री समेत मर्कामा परेको बेनी न्यूरोडका फलफुल ब्यवसायी प्रविण शर्माले बताए ।

‘ब्यवसायमा पनि असर गरेको छ,‘सवारीसाधनमै ठोकिने गरेकाले दुर्घटना समेत हुन्छ’ शर्माले भने ।पशुचौापयााले तरकारी तथा फलफुल ब्यवसायीलाई समेत असर गरेको छ।केहीबर्ष अगाडी मध्यरातमा मोटरसाईकलले ठक्कर दिदाँ न्यूरोडमा गाई मरेको थियो भने केही दुर्घटनाको कारण पशुचौपाया नै भएको प्रहरीको भनाई छ ।

बेनीको विरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, शिक्षामार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगम चोक र बालमन्दिर चोकबासीले ब्यवस्थापनका लागि नगरपालिकाको पटकपटक ध्यानार्कषण गराएका छन् । यता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले छाडाचौपाया ब्यवस्थापन चुनौतीपूर्ण भएपनि प्रयास जारी रहेको बताए।‘पशुधनीको पहिचानमै समस्या भइरहेको छ,‘छाडाचौपाया लैजानेलाई सित्तैमा दिन्छौ’ श्रेष्ठले भने ।

उनले सार्वजनिक सुचना समेत जारी गरिएपनि समस्या भएको बताए । गाईले दूध दिने बेलासम्म गोठमै राख्ने गरिएपनि दुध दिन छोडेपछि बजारमा छोड्ने प्रबृत्तिलाई निरुत्साहित गर्न नगरबासीको सहयोगको आवश्यकता रहेको उनको भनाई छ । नगरपालिकाले छाडा पशुलाई नियन्त्रणमा लिएर लिलाम सहितका दिर्घकालिन ब्यवस्थापनका लागि पहल गर्ने मेयर श्रेष्ठको भनाई छ ।

Leave a Reply