परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ ।

मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुनेछन् । वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन् । रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय गोलाबाट मह काढिने वडाअध्यक्ष तिलक घर्तीले बताउनुभयो ।

“पर्यटन प्रवद्र्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, उहाँले भन्नुभयो, “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।” रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन् ।बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ ९पराङ० मा झुण्डिएर मह शिकार गरिने शिकारी धनबहादुर घर्तीले बताउनुभयो । “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, उहाँले भन्नुभयो, “ज्यानकै बाजी लगाएर भीरमा उक्लनुपर्छ ।”

साहस र कौशल नभएका व्यक्तिले मह शिकार गर्न नसक्ने उहाँको भनाइ छ । साहसिक मह शिकारले आन्तरिक पर्यटक लोभ्याउने आयोजकको विश्वास छ । “मह शिकारलाई व्यावसायिक बनाउन पनि आवश्यक छ”, क्लबका अध्यक्ष गिरीप्रसाद घर्तीले भन्नुभयो ।स्थानीय शिकारीले वर्षेनी मह काढ्ने गरे पनि यो वर्ष पर्यटन प्रवद्र्धन गर्ने गरी मह शिकार हुन लागेको उहाँको भनाइ छ । मह शिकार हेर्न पर्यटक भित्रिँदा महको किनबेच पनि बढी हुनेछ । शिकारीले राम्रो याममा एउटै गोलाबाट २० लिटरसम्म मह निकाल्ने गरेका छन् ।

भौगोलिक हिसाबले विकट रुमुवामा सडक, सञ्चारजस्ता सुविधा पुगेपछि पर्यटन गतिविधि सञ्चालन गर्न गाउँले कस्सिएका हुन् । मह शिकार कार्यक्रममा जानेलाई रु ५० मा मह खाने व्यवस्था समेत मिलाइएको छ । खरिदका लागि पनि मह उपलब्ध हुनेछ । भीर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायीकरण गर्न सजिलो छ ।

गलकोटका धेरै ठाउँमा भीर मौरी रहे पनि मह शिकार कमै हुने गरेको छ । खर्चिलो र जोखिमयुक्त हुने भएकाले शिकार कम हुन्छ । घरायसी प्रयोगमै सीमित भीर मौरीको मह रमुवावासीले भने बिक्रीसमेत गर्दै आएका छन् । मह शिकारका लागि वैशाख–जेठ उपयुक्त महिना हुन् ।गत वर्ष पनि गलकोट नगरपालिका–४ निलुवामा मह शिकार महोत्सवको आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भीरमा पनि वडा नं १० रमुवाकै अनुभवी शिकारीले मह काढेका थिए ।

निलुवालाई पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार ९हनी हन्टिङ० महोत्सव आयोजना गरेको थियो । दशकौँपछि गरिएको मह शिकार हेर्न निलुवामा सर्वसाधारणको भीड लागेको थियो ।परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेका छन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेका छन् ।रासस

Leave a Reply