भकिम्लीमा बाख्रापालनको आर्कषण, गाउँमै कृषकलाई तालिम

बेनी नगरपालिका–३ भकिम्लीमा पछिल्लो समय बाख्रापालनमा आर्कषण बढेको छ । आधादशक अगाडी सिमित यूवाहरुले सुरु गरेको बाख्रापालनबाट रकरलाग्दो आम्दानी गर्न थालेपछि व्यावसायिक बाख्रापालक किसानलाई व्यवस्थित तथा आर्कषित गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजन नेपाल र नेपाल ब्यवसायीक बाख्रपालक महासंघको सहकार्यमा बेनपा ३ भकिम्लीमा समुह गठन गरी तालिम दिइएको छ ।

सदरमुकाम बेनी नजिक रहेको भकिम्लीमा ब्यवसायीक बाख्रापालनतर्फ आर्कषण बढेपछि मिलिजुली उन्न्त बाख्रापालक समुहलाई मेघा प्रोजेक्टका प्रशिक्षक डा. भगबती बास्तोला, डण्डपानी सापकोटा र मुक्ति पौडेलले बाख्रामा लाग्ने रोग, पोषण, खोर सुधार, घाँस व्यवस्थापन, नश्लसुधार, आवश्यक खोप र व्यवसायिक बाख्रा पालनलाई आवश्यक पर्ने विभिन्न विषयमा समुहमा आवद्ध भएकालाई सहजिकरण गरेको महासंघका केन्द्रिय कोषाध्यक्ष धन बहादुर श्रीषले बताए ।तालिमसंगै हरेक समुह समेत गठन गरिएको छ ।

समुहको अध्यक्षमा लाल बहादुर पुन, सचिव नर बहादुर थापा र कोषाध्यक्ष गुमा छन्त्याल सहित २१ सदस्य रहेका छन् । भकिम्लीमा धन श्रीषले बाख्रापालन सुरु गरेपछि लहर नै चलेको छ। वडा अध्यक्ष पदम पुन समेत बाख्रापालक कृषक हुन् । बाख्रा पालनलाई बृद्धि गदै व्यवसायीहरुको हकहितका लागि जिल्लास्तरीय समिति समेत रहेको अवस्थामा वडास्तरमै समुह गठनले सहज भएको वडा अध्यक्ष पुनको भनाई छ । उत्पादकत्व बृद्धि गदै खसीबोकाको मासुको आत्मनिर्भरताका साथै देशका विभिन्न जिल्लामा उन्नतजातका बोका बोयर निर्यात गर्न तालिमले सहज भएको समुहका अध्यक्ष नर बहादुर थापाले बताए ।