dav

म्याग्दीको रघुगंगा गाउँपालिकामा शाखा विस्तार गरेको प्रभु बैंकले सेवाग्राहीको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । जेष्ठ तथा अपांगता भएका नागरिकलाई गाउँपालिका–३ मौवाफाँटमा रहेको प्रभु बैंकमा पुगेर सेवा लिन समस्या भएपछि घरदैलोमै भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।

dav

उनले बैंकलाई गाउँमै पुगेर भत्ता सहित जनतालाई बैंकिङ सेवाका बारेमा जानकारीको वातावरण बनाउन आवश्यक सहयोग गरेको बताए । वृद्धवृद्धा, एकल महिला, अपांगतालाई भत्ता वितरणसँगै “स्वास्थ्यका बारेमा समेत बुझ्ने गरिएको बताउँदै बृद्धबृद्धाका समस्यालाई लक्षित गरी आगामी आवको बजेटमा प्राथमिकता दिने बताए ।

गाउँपालिकामा विस्तार भएको एकमात्रै बैंकले गाउँपालिकाका विभिन्न कार्यक्रममा समेत वित्तिय साक्षरता अभियानलाई समेत सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

dav

यता बैंकका शाखा प्रबन्धक उमाशंकर सापकोटाले गाउँपालिका भित्रका सबै वडामा पुगेर भत्ता वितरण गर्ने बताए । उनका अनुसार गाउँपालिका भित्रका सेवाग्राहीले सदरमुकाम बेनीको शाखाबाट समेत सेवा लिने गरेको बताए । बैंकले वडा नं ४ दग्नाम र दर्मिजामा पुगेर ३ सयभन्दा बढी सेवाग्राहीलाई भत्ता वितरण गरेको जनाएको छ ।

dav

घरदैलोमा भत्ता पाउँदा वृद्धवृद्धा र अपांगता भएका खुसी भएका छन् । दग्नामका ७७ बर्षिय छविलाल पुनले घरदैलोमै भत्ता पाएपछि खुसी लागेको बताए ।

‘एकपटक नभई पटक–पटक घरमै आएर भत्ता दिनुहोस्,‘भत्ता लिन गाउँपालिकामा जाँदा परिवारका अन्य सदस्यलाई पनि दुख हुन्छ’ पुनले भने ।  उनले भत्ताले बिरामी पर्दा, उपचार घरायसी लगाएत आवश्यकता अनुसारको खर्चमा सहज भएको बताए । हालसम्म अशक्त र बिरामीका साथै अन्यलाई वडा कार्यालयमा बोलाएर भत्ता वितरण गर्ने गरिपनि बृद्धबृद्धाले सास्ती भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

dav

Leave a Reply