लामो समय देखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका समाजसेवी तथा म्याग्दी समाज अमेरिकाका पूर्व अध्यक्ष अम्मर छन्त्यालको वोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् । म्याग्दीको विकट धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा जन्मिएका छन्त्यालले नेपाली समुदायको हकहितका लागि काम गर्न उम्मेदवारी दिएको बताएका छन् । ‘एनआएरनएमार्फत काम गर्ने केही योजनाहरू छन्,‘सबै क्षेत्रबाट सहयोगको प्रतिबद्धता आइरहेको छ’ छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनले जहाँ गए पनि जहाँ भए पनि आम नेपाली भन्दै आफूलाई मतदान गर्न अपिल तथा अनुरोध गरेका छन् । उनले म्याग्दी समाज मार्फत नेपाली समुदायमा परिचित हुने अवसर पाएको भन्दै आफूले जीवनको महत्वपूर्ण उपलब्धी भएको महशुस गरेको बताउँदै स्वदेश तथा विदेशमा समेत सामाजिक कार्यमै सक्रिय रहेको बताए ।

दुई वर्षका (२०१९ देखि २०२१) लागि हुन लागेको गैरआवसिय नेपाली संघ अमेरिकाको निर्वाचनमा मैले संचालक सदस्य (वोर्ड अफ डाइरेक्टर) पदमा उम्मेदवारी दिएका छन्त्याललाई म्याग्देली सहित त्यहाँ रहेका नेपालीले समेत प्रचारप्रसार सुरु गरेको जनाइएको छ । विकट गूर्जाका विभिन्न सामाजिक कार्यमा प्रवासबाटै सहयोग गर्ने गरेका छन्त्यालले गुर्जाको पर्यटनको क्षेत्रलाई थप प्रचारप्रसार गर्ने बताए । उनले मतदान प्रक्रियाबाट निर्वाचित भएलगत्तै प्रतिबद्धतालाई समेत पुरा गर्ने बताए।

Leave a Reply