dfn9'ªuf–a]gL ;8s ;'rf? klx/f]sf sf/0f cj?4 ag]sf] a]gL–dfn9'ªuf ;8s ;'rf? ePkl5 ;jf/L ;fwg cfjthfjt ub}{ . tl:a/ M nIdLk|;fb ;fks]f6f, kj{t, /f;;

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नति अर्थात पुर्नसुधारका लागि चालु आर्थिक बर्षमै खर्च गर्ने गरी थप १० करोड विनियोजन भएको छ । कालिगण्डकी करिडोर अन्तरगत पर्ने सडक फराकिलो बनाउने काममा बजेट अभाव भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकामान्तर गर्ने प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेसँगै सडक विस्तारमा थप १० करोड बजेट थप भएको हो ।

म्याग्दी, मुस्ताङ हुदै छिमेकी देश तिब्वती जोड्ने सडकखण्ड अन्तरगतको महत्वपूर्र्ण मानिएको बेनी–मालढुंगा सडकखण्ड अन्तरगत जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो सहित सडकखण्डमा आवश्यकता परेको क्षेत्रमा विस्तार भइरहेको छ । सडक विस्तारको क्रममा बजेट अभाव भएपछि निर्माणकार्य सुस्त गतिमा अगाडी बढिरहेको अवस्थामा थप १० करोड बजेटलाई सडक निर्माणको क्रममा भुक्तानी गर्ने गरी रकामान्तर भएको मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

लामाखेतदेखि वारिबेनीसम्मको एक किलोमिटर १०० मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गरिने छ । कडा चट्टानका कारण सडकखण्ड अन्तरगत म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडाँैलगायत देशका विभिन्न स्थानका लागि म्याग्दी हुदै मुस्ताङ जाने सवारीसाधनलाई समय तालिका बनाएर दैनिक ७ घण्टासम्म बन्द गर्ने गरिएको थियो ।

सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत बर्षको पुस १७ गते रु एक करोड १५ लाखमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । ११ मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ । यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ । म्याग्दी सदरमुकाम बेनीदेखी मालढुंगा १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको करिव साढे दुईदशक वर्षसम्म पनि सडकमा बर्खाको समयमा आधादर्जन स्थानमा पहिरो खस्ने गरेको छ । सडक स्तरउन्नतीका थप बजेट विनियोजन भएपछि लक्ष्य अनुसार काम सम्पन्न हुने अनुमान गरिएको छ ।

Leave a Reply