जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पमापन यन्त्र जडान गरिने भएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले विदेशी निकायको सहयोगमा यन्त्र जडान गरिने विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए । उनका अनुसार शनिबार विहान ९ बजे औपचारिक कार्यक्रम गरी यन्त्रको उद्घाटन गरिने छ । साविकको धौलागिरी अञ्चलभित्र निजी विद्यालयमा होराईजन मात्रै यो प्रविधि जडान हुन लागेको पौडेलले बताए ।

पर्वतबेनीको होराईजन, पर्वत लेकफाँटको ग्रामप्रकाश मावि, म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङस्थित जनप्रिय मावि र मुस्ताङको जनहित माविमा जडान गरिने छ । यन्त्र जडान भएपछि ४ रेक्टर तलका भूकम्पको पनि मापनका साथै इपिसेन्टर, दूरी, गहिराइ र दूरीको म्याग्नेच्युड पनि पत्ता लगाउने बताइएको छ ।

एउटा यन्त्र जडानका लागि एक लाख रुपैयाँ लाग्ने बताइएको छ । विगतमा म्याग्दी र पर्वत आसपासमा भूकम्पको धक्का महसुस हुदाँ भुकम्प मापन केन्द्रमा बुझ्नुपर्ने बाध्यता हट्नुका साथै बालबालिकालाई विद्यालयस्तरमै यन्त्र जडानले भूकम्पबारे सचेत गराउने विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शिव जिसीले बताए । उनले यन्त्र जडान हुने यन्त्रका बारेमा आधारभुत तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई जानकारी गराउने बताए । यन्त्र जडानका लागि सहायक प्रधानध्यापक एवम् प्लस टु कोर्अडिनेटर नारायण पौडेल सहित विद्यालयका विज्ञान, सामाजिक शिक्षकलाई पोखरामा बोलाएर भूकम्पसम्बन्धी आवश्यक जानकारी समेत दिइसकेका छ । यन्त्र जडानमा स्विजरल्यान्डको लुजान विश्वविद्यालय लगाएतको सहयोग रहेको छ ।

Leave a Reply