रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले बेनी नगरपालिका–९ का हरिबहादुर चोखालको मृत्यु दावि भुक्तानी गरेको छ । शनिबार घरमै पुगेर रिलायन्स लाइफ इन्सोरेन्सले हरिबहादुर खोखालको आमा र श्रीमतीलाई २ लाखको चेक हस्तान्तरण गरेको हो । गत २०७५ पुस ३० गते जिवन बिमा गरेका चोखालको माघ १६ गते मृत्यु भएको थियो ।

बिरामी परेपछि उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएका चोखालको परिवारलाई रिलायन्स विमा कम्पनिका बेनी शाखा प्रमुख मुक्ती पौडेल, पोखरा प्रमुख चिरञ्जिवि पौडेल, बागलुङ्गका गोविन्द पराजुली तथा पर्वतका प्रसन्न पौडेल लगायतको टोलीले हरिबहादुरकी श्रीमती अञ्जना चोखाललाई दुई लाख रुपैंयाको एकाउन्ट पेई चेक हस्तान्तरण गरेका थिए ।विमा रकम भुक्तानी कार्यक्रममा बेनी नगरपालिका–९ की वडा सदस्य मैना कार्की, राष्ट्रिय माध्यमिक विद्यालयकी प्रधानाध्यापक तारादेवी चोखाल बानिया ँलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply