रोजगारको सिलसिलामा भारत हिडेका एक यूवाको उपचारको क्रममा ज्यान गएको छ । बेनी नगरपालिका–४ डाडाखेतका २८ बर्षिय विकास हमाल भारतमा घाईते अवस्थामा भेटिएपछि उपचारको क्रममा मृत्यु भएको हो । भारततर्फ जाने क्रममा हमाललाई रेलभित्र भारतीयले आक्रमणको प्रयास गरेपछि बाहिर निस्किएर भागेको बताईपनि उनको खोजीमा गएका आफन्तले घाईते अवस्थामा भेटेका थिए ।

हमालको पोखराको मणिपालमा उपचारका क्रममा ज्यान गएको डाँडाखेतका दिनेश विष्टले बताए । ‘सम्पर्कविहिन भएपछि खोजीकार्यमा जानुभएको थियो,‘गम्भीर घाईते अवस्थामा उद्धार गरिएकाले घटनाका बारेमा थप जानकारी हुन सकेको छैन’ विष्टले भने । मृतक हमालको अन्तेष्टि गरिसकिएको छ । नेपालबाट रोजगार तथा अन्य प्रयोजनका लागि सडकमार्ग हुदै भारत जाने नेपालीलाई लुटेराले लुटपाट तथा हत्या गर्ने गरेका छन्। भारत जाने रेलमार्ग सुरक्षित मानिदैन् ।

Leave a Reply